+
Search

ताजा अपडेट +

पपुलर +

Gen-Z को प्रदर्शन, दमकमा प्रहरीको गोली लागेर एकजना घाइते

मुनाल न्यूज डेक्स
२०८२ भाद्र २३, सोमबार ०८:१४ गते

२३ भदौ २०८२, सोमबार
झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट कमल गाँउपालिकाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले अहिले दमक नगरपालिका घेराउ गरेका छन् । उनीहरू मुठभेडमा उत्रिएपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेसँगै प्रदर्शनकारीले नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् ।

दमक चोकमा भेला भएका जेनजी पुस्ता नगरपालिकातर्फ बडेपछि प्रहरीले प्रदशनकारीलाई रोक्न गोली र अश्रुग्याँस प्रहार गरेको थियो ।

जेनजीले कोशी प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन गरेका छन् । प्रदेश राजधानी विराटनगर, सुनसरीको इटहरी, दमक विर्तामोडलगायतका शहरमा प्रदर्शन जारी छ । अधिकांश कलेज पोशाकमा छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा प्रदर्शन गरिरहेका युवा पुस्ताले ‘हामीलाई दलाल होइन, सरकार चाहिन्छ’ भन्दै प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीदेखि दलका नेताहरूविरुद्ध चर्को नाराबाजी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd