२३ भदौ २०८२, सोमबार
नयाँ पुस्ता अर्थात ‘जेन जी’ ले आज, सेप्टेम्बर ८ अर्थात भदौ २४ गते, माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन गर्दैछन्। देशमा भइरहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नयाँ पुस्ताले आजदेखि आन्दोलन सुरु गर्न लागेका हुन्।
यो आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने अझै स्पष्ट भएको छैन, तर अभियानलाई समर्थन गर्ने अधिकांश ‘जेन जी’ पुस्ताका युवाहरुको सहभागिता रहने अनुमान गरिएको छ।
जेन जीले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए। उनीहरुको आन्दोलन आज बिहान ९ बजेदेखि शुरु हुनेछ। बिहान ९ बजे भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी रहेको बताइएको छ।
प्रतिक्रिया