२०८२ भदौ ७, शनिबार
झापाको बाह्रदशी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर बढ्दै गएको छ। पार्टी सभापति रवि लामिछाने लाई अन्याय गरिएको भन्दै नागरिकको घरदैलोमा हस्ताक्षर गराउन गाउँ पस्दा जनलहर झनै बढ्दै गएको पाइएको हो। सहकारी ठगी र संगठित अपराध मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधले कारागार पुर्याएको भन्दै रास्वपा कार्यकर्ताले यतिबेला हस्ताक्षर अभियान चलाइरहेका छन्। हालसम्म करिव ३५ लाख जनताले हस्ताक्षर गरिसकेको रास्वपाले जनाएको छ।
झापाको बाह्रदशीमा हाल सम्म ६ हजार ८ सय ४० जनाले हस्ताक्षर गरेको रास्वपा सभापति सोमनाथ बजगाइले जानकारी दिएका छन्। हस्ताक्षर संगै पार्टी सदस्यता लिने व्यक्तिहरूपनि दिनानुदिन बढ्दै गएको रास्वपा बाह्रदशीले जनाएको छ। बाह्रदशीका २,३ र ५ वडामा हस्ताक्षर गराइसकेको र अब ६,७, १ र ४ बाकी रहेको छ।
पार्टी सदस्यताको हिसाबले बाह्रदशी ५ सबैभन्दा धेरै रास्वपा सदस्य रहेको वडा बनेको छ । यस वडामा २८३ जनाले सदस्यता लिएका छन्। यस्तै ३ नम्बरमा २५४, ६ मा १२८ रहेका छन् । बाह्रदशीमा कुल रास्वपा सदस्य ८३२ रहेको रास्वपा झापा कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिएका छन्।
सोमबारबाट बाह्रदशीका वडाहरू ७ र ६ मा घरदैलो हस्ताक्षर अभियान सुरु हुने रास्वपा बाह्रदशीले उल्लेख गरेको छ।
प्रतिक्रिया