२०८२ भदौ १७, मंगलबार
बाह्रदशी गाउँपालिका ३ राजगढमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। विएण्डसी मेडिकल कलेजको प्रविधिक सहयोग र बाह्रदशी वडा नम्बर ३ को आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिवरमा महिला तथा स्त्रीरोग विशेषज्ञ सेवा २७ जना, छाला तथा यौन रोग विशेषज्ञ सेवा ६५ जना र जेनेरल फिजिसियन सेवा ६५ जना गरि कुला १५७ जनाले सेवा लिएका छन्।
सामुदायिक अध्ययन सिकाइ केन्द्र राजगढको हलमा सम्पन्न शिविरमा विएण्डसी मेडिकल कलेजको तर्फबाट डाक्टर गिता बस्नेतले शिविरको सम्योजन गर्नुभएको थियो।
विएण्डसी मेडिकल कलेजबाट जेनेरल फिजिसियन डाक्टर सक्षम आचार्य, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बिज्ञान नेउपाने, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर सन्ध्या शाह लगायतको टोलिले सेवा दिएको हो।
शिविर अघि भएको औपचारिक कार्यक्रम बाह्रदशी गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष टंकप्रसाद शाहको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सान्तदेवी शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा ओमप्रकाश गौतम, गंगा प्रसाद अधिकारी, राम प्रसाद दुलाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
लक्ष्मी निरौला अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन हेमलाल दाहालले गर्नुभएको थियो।
प्रतिक्रिया