२१ भदौ २०८२, शनिबार
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले बिवरण नबुझाउने ४८७ वटा निष्क्रिय सहकारीको सूची सार्वजनिक गरेको छ । आफ्नो नियमन क्षेत्राधिकार भित्र पर्ने २ वर्षसम्म बिवरण नबुझाउने ४८७ वटा सहकारी संघ संस्थाहरूको सूचि सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको सूचनामा बाह्रदशीका ५ सहकारी परेका छन् । जसमा बाह्रदशी ६ को साधुकुटी कृषि सहकारी, बाह्रदशी ५ को आशिर्बाद कृषि सहकारी, युवा स्वरोजगार कृषि सहकारी, हाम्रो प्रजापति कृषि सहकारी, बाह्रदशी २ को सिघ्र सम्बृद्वि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन्।
रजिष्ट्रार कार्यालयले गत आइतबार कार्यालयले सूचना प्रकाशन गर्दै यस्तो सूची सार्वजनिक गरेको हो । सूचनामा सूचि सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन, २०७६ बमोजिमको बिवरणहरू नियामक निकायमा बुझाउन भनेको छ ।
प्रतिक्रिया