+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली लेखक संघ झापाको आमन्त्रित सदस्यमा पत्रकार भण्डारी सहित चार जना मनोनित

मुनाल न्यूज डेक्स
२०८२ भाद्र १७, मंगलवार १४:५९ गते

१७ भदौ २०८२, मंगलबार
नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी सहित चार जनालाई मनोनयन गरेको छ ।

नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकार भण्डारी सहित चार जनालाई सदस्यमा मनोनयन गरेको हो । भण्डारीसहित पत्रकार राजेन्द्र गौतम, जीआर धिताल र नारायण वहादुर वस्नेतलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिएको नेपाली लेखक संघ झापाका सचिव समिरवावु कट्टेलले जानकारी दिए ।

त्यस्तै वैठकले कार्यसमिति सदस्यमा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी श्यामप्रसाद राजवंशीलाई मनोनित गरिएको छ ।

नेपाली लेखक संघ झापाले आगामी भदौ २१ गते शनिवार गौरादह नगरपालिकाको सभाहलमा माध्यमिक विद्यालय स्तरीय कविता बाचन गर्ने प्रतियोगिता समेत गर्ने निर्णय गरेको छ ।

गौरादह नगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रम संयोजकका रुपमा पत्रकार वेणुप्रसाद अधिकारीलाई तोकिएको छ ।

जसको सदस्यमा नेपाली लेखक संघ झापाका सचिव कट्टेल सहित नैना दाहाललाई सदस्यको जिम्वेवारी प्रदान गरिएको छ ।

गौरादहमा आयोजित कार्यक्रमका लागि साहित्यकार केशव आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । जसको सदस्यमा नमूना निरौला र महेन्द्र कोइराला रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd