+
Search

ताजा अपडेट +

पपुलर +

धनसार साकेला थानको घेराबारा तथा स्तर उन्नतिको काम तीव्र गतिमा

राजेश आचार्य
२०८२ असार ३, मंगलवार ०६:१७ गते

२०८२ असार ३, राजेश आचार्य ।

इलामको रोङ गाउँपालिका–२, धनसारमा अवस्थित साकेला थान धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको एक महत्वपूर्ण स्थल हो। किरात समुदायको मौलिक परम्परा, संस्कार र आस्थासँग जोडिएको यो थान विशेषगरी साकेला उभौली र उधौली पर्वको समयमा पूजा–आराधना र सांस्कृतिक कार्यक्रमका लागि प्रसिद्ध छ।

हाल यो ऐतिहासिक स्थलको संरक्षण तथा विकासका लागि रोङ गाउँपालिकाको सहयोग, स्थानिय दाताहरूको योगदान र सामुदायिक श्रमदानको माध्यमबाट बेरावरा, शौचालय निर्माण तथा स्तर उन्नतिको कार्य तीव्र गतिमा भइरहेको छ। स्थानीयवासीहरू, युवा समूहहरू तथा धार्मिक आस्थावान समुदायको सक्रिय सहभागिताले थानको वातावरणलाई अझ व्यवस्थित, आकर्षक र सुरक्षित बनाउने लक्ष्यसहित काम अघि बढाइएको हो।

स्थानीय नेतृत्वले यो थानलाई भविष्यमा धार्मिक पर्यटनको दृष्टिले समेत प्रवर्द्धन गर्ने योजनासहित संरक्षण तथा पूर्वाधार विस्तारमा जोड दिएको जनाइएको छ। यस कार्यले किरात संस्कृतिको जगेर्ना, धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय समृद्धिमा योगदान पुगाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य