+
Search

ताजा अपडेट +

पपुलर +

झापा र बाह्रदशीका प्रमुख प्रशासकीय अधिकृतको सरूवा

मुनाल न्यूज डेक्स
२०८२ भाद्र ५, बिहीबार १३:४९ गते

२०८२ भदौ ५, बिहीबार
झापाका दुई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक अर्काे पालिकामा सरुवा भएका छन्।

झापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया बाह्रदशी गाउँपालिकामा पुगेका छन् भने बाह्रदशीका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला झापा गाउँपालिकामा सरुवा भएका छन्। दुवैले आजै नयाँ पालिकामा पदस्थापन समेत गरेका छन्।

स्थानान्तरणसँगै दुबै पालिकामा अध्यक्ष तथा जनप्रतिनिधिहरूले स्वागत र विदाइ कार्यक्रमको आयोजना गरेका थिए। आर्थिक पारदर्शिता, स्थानीय विकास तथा जनसहभागितामा अबल मानिएका थपलिया र निरौलाले स्वागत तथा विदाइ कार्यक्रममा बोल्दै, आफुहरूले प्राप्त गरेको अनुभव आफ्नो नयाँ पालिकामा प्रभावकारी रूपमा कार्यनयन गर्ने धारणा राखेका थिए।

आर्थिक वर्ष २०७९/८० मा झापा गाउँपालिका ‘झापाकै कम बेरुजी हुने’ गाउँपालिकामा पहिलो स्थानमा परेको थियो। त्यसैगरी २०८०/८१ मा बाह्रदशी गाउँपालिका पनि कम बेरुजी हुने पालिकामध्ये पहिलो स्थानमा परेको हो। यी उपलब्धिहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत थपलिया र निरौलाको सक्रियता मुख्य कारणका रूपमा लिइन्छ।

स्थानीय तहलाई आर्थिक र प्रशासनिक रूपमा सबल बनाउन दुवै प्रशासकीय अधिकृतले योगदान पुर्‍याउँदै आएका छन्। उनीहरूको नयाँ पालिकामा पनि विकास र सुशासनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd