+
Search

ताजा अपडेट +

पपुलर +

कालेबुङ का उदयिमान कलाकार अमर भुजेल, जो नेपाली रजतपटमा प्रवेश गर्दै छन

दर्पण
२०७८ पुष २१, बुधबार ०५:५४ गते

२१ पौष, २०७८

नेपाल पुर्वी सीमा पारी कालेबुङका एक उदयमान कलाकार हुन अमर भुजेल ।

नेपालको पुर्वी सिमाना पारी भारतका केही उत्तरपुर्वी राज्य र जिल्लाहरुमा नेपाली भाषीहरुको बाहुल्यता रहेको छ ।  नेपाली भाषा कला र सहित्य प्रती उनिहरुको विशेष अभिरुची छ । यिनै क्षेत्रमा जन्मिएका तुलसी घिमिरे, निरुता सिंह , उत्तम प्रधान लगायत थुप्रै कलाकार साहित्यकार नेपाली रजतपटमा जमि सकेका छन ।
यसै सिलसिलामा कालेबुङ मा पछिल्लो समयमा बनी रहेका साना ठुला चलचित्रहरुमा आफ्नो उत्कृष्ट कला प्रदर्शन गरिरहेका छन अमर भुजेल ।

भ्यालेन्टाइन डे, प्ले बोय, डियर आप्पा, सर्कल जस्ता केही लघु चलचित्र मा आफ्नो अभिनय क्षमता देखाइसकेका अमर ले फर्की आउने छु, प्रलोभन जस्ता ठूलो पर्दाको चलचित्रमा पनि मुख्य भुमिका निर्वाह गरिसकेका छन ।

छाया इन्टरटेन्टमेन्ट युटुब च्यानल मार्फत कति हास्नु वेब सिरिज मा नियमित देखा परेका उनी अब निकट भबिस्य मै नेपाली  सिने रजतपटमा एउटा आशालाग्दो नायक को रुपमा प्रवेश गर्दैछन ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।