+
Search

ताजा अपडेट +

पपुलर +

आदर्श मेडिकल हलद्वारा राजगढमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

राजेश आचार्य
२०८२ जेष्ठ ३१, शनिबार ०१:१० गते

३१ जेठ २०८२, राजेश आचार्य ।

आदर्श मेडिकल हल राजगढको आयोजनामा र अभियान क्लिनिक, विर्तामोडको प्राविधिक सहयोगमा आउँदो मङ्गलवार एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ।

शिविर असार ३ गते बिहान १०:०० बजेदेखि बाह्रदशी गाउँपालिका वाड नं. ३ स्थित राजगढ बजारमा रहेको मेडिकल हल (राजगढ गेट छेउ) मा आयोजना गरिनेछ।

शिविरमा विशेष रूपमा पाइल्स, फिस्टुला तथा फिसरजस्ता रोगहरूको निःशुल्क जाँच तथा उपचार सेवा प्रदान गरिनेछ। मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मस्साको समस्या, मलद्वारबाट रक्तश्राव हुने लगायतका समस्या भएका बिरामीहरूलाई परीक्षण तथा उपचार गरिने आयोजकले जनाएका छन्।

शिविरमा शल्यक्रिया आवश्यक नभएका पाइल्स, फिस्टुला तथा फिसरका बिरामीहरूलाई औषधीय उपचारबाट सफल उपचार सेवा प्रदान गरिनेछ। थप उपचार आवश्यक परेमा ५०% छुटमा सेवा उपलब्ध गराइनेछ।

सम्पर्कका लागि:

पुजन चौधरी: ९८१५९१०६४३

शान्तिराम भुजेल: ९८१७५५३७८३

शिविरमा सबैलाई उपस्थित भई स्वास्थ्य सेवा प्राप्त गर्न आयोजकले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य