+
Search

ताजा अपडेट +

पपुलर +

अश्लील गालीगलौच गर्ने एकजना पक्राउ

मुनाल न्यूज डेक्स
२०८१ चैत्र ८, शुक्रबार ००:३८ गते

बिर्तामोड ।
विदेशमा बसेर सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै गालीगलौच गरेको आरोपमा हल्दिवारी – १ का २३ वर्षीय नवराज ओली ‘नितेश’ लाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशबाट नेपाल आई काठामाडौंमा लुकिछिपी बसेका ओलीलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको हो । सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरुलाई तथ्यहिन आरोप लगाउने कार्यमा सक्रिय ओलीलाई अभद्र कसुरमा पक्राउ गरी झापा प्रहरीले अनुसन्धान थालेको छ ।

ओलीले गोल्धाप प्रहरीलाई फोन गरेर धाकधम्की दिएको, अश्लिल शब्दहरु प्रयोग गरेको उजुरी परेको थियो । सो उजुरीका आधारमा पक्राउ परेका ओलीलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको झापा प्रहरीका प्रवत्तःा खगेन्द्र बहादुर खड्काले जानकारी दिए । चैत ३ गते पक्राउ परेका ओलीलाई प्रहरीले पक्राउ गरेपछि अन्य व्यक्तिहरुले साइवर मुद्धामा समेत उजुरी दिईरहेको बुझिएको छ ।
ओलीले झापाका जनप्रतिनिधि, प्रहरी प्रशासन, पार्टीका नेताहरु, पत्रकारहरुलाई विदेशमा बसेर तथानाम गालीगलौच, चरित्र हत्या गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd