+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो बाह्रदशी जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न

राजेश आचार्य
२०८१ चैत्र १, शुक्रबार १५:०९ गते

०१ चैत २०८१, राजेश आचार्य ।

झापाको बाह्रदशी गाउँपालिकामा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ।

बाह्रदशी युवा तथा खेलकुद विकास समितिको समन्वय तथा बाह्रदशी कराते संघको आयोजनामा बाह्रदशी गाउँपालिका वडा नं ५ को फूलबारी कवड हलमा हिजो दोस्रो बाह्रदशी जिल्ला स्तरीय आमन्त्रित कराते प्रतियोगिता सम्पन्न हो।

झापा, इलाम र मोरङका १२ टिमका २५० खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ २५ केजी देखि ६२ केजी तौल समूहको ८ वटा र महिलातर्फ २५ केजी देखि ५५ केजी तौल समूहको ७ वटा गरी १५ वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बिर्तामोड नगरपालिका प्रथम बनेको छ। ​बिर्तामोडले २३ स्वर्ण, ८ रजत र १ कास्य पदक प्राप्त गरेको छ। यस्तै, बाह्रदशी गाउँपालिका ९ स्वर्ण, १० रजत र ९ कास्यसहित द्वितीय तथा अर्जुनधारा नगरपालिका ६ स्वर्ण ७ रजत र ५ कास्यसहित तृतीय बनेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पुरुष तर्फ बाह्रदशीका राजीव लिम्बु घोषित भए त्यस्तै महिलातर्फ उर्लाबारीकी सोनिका चेम्जुङ घोषित भइन्।

बाह्रदशी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष डिक बहादुर श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लगाईले ब्यानर पढी प्रतियोगिताकोको उद्घाटन गर्नुभएको थियो।

शिक्षक जीवन धमलाले सञ्चालन गर्नुभएको कार्यक्रममा बाह्रदशी कराते संघका सचिव संजय साहले स्वागत मन्तव्य राख्दै सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, समाजसेवी कृष्णमोहन गौतम, बाह्रदशी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष वीरबहादुर राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कराते गुरुहरूलाई सम्मान गर्नुकासाथै बाह्रदशीबाट दीक्षित भएका खेलाडीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य