२७ फागुन २०८१, मंगलबार
बिर्तामोड ।
विद्यार्थीहरूले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनका लागि मनोनयनको समय विपरीत निर्वाचन समितिले मनोनयन दर्ता गरेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडी दर्ता गरेको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी पश्चात विवाद समाधान गर्ने प्रयत्न भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया