+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीमा भोलि स्थानीय विदा

मुनाल न्यूज डेक्स
२०८१ माघ २९, मंगलवार १२:४३ गते

२९ माघ २०८१, मंगलबार
झापाको बाह्रदशी गाउँपालिकाले बुधवार स्थानीय विदा दिएको छ । सन्थाल समुदायको महान पर्व सोहराय पर्व र बाह्रदशी गाउँपालिका १ स्थित लक्ष्मीनारायण मन्दिरमा लाग्ने धार्मिक मेलाको अवसरमा पालिकाले स्थानीय विदा दिएको हो ।

मंगलावार बसेको कार्यपालिकाको बैठकले वुधवार स्थानीय विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले जानकारी दिए ।

माघ शुक्ल पूर्णिमाका दिन बाह्रदशी गाउँपालिका १ स्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक मेला समेत लाग्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd