+
Search

ताजा अपडेट +

पपुलर +

हुलाकी मार्ग केन्द्रित अभियानको तयारी तीब्र

दर्पण
२०८१ माघ २४, बिहीबार ०१:४९ गते

२०८१, माघ २४,बनियानी
नेकपा माओवादी केन्द्रले सञ्चालन गर्न लागेको हुलाकी मार्ग केन्द्रित अभियानको तयारी तीब्र पारिएको छ । फागुन १२ गते झापाको कचनकवलबाट शुरू गर्न लागिएको अभियानको तयारी झापामा तीब्र पारिएको हो ।

बुधबार बनियानीमा भएको एक विशेष बैठकका बीच कचनकवल गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । बैठकमा वडाध्यक्ष तथा इन्चार्जहरुको रिपोर्टिङ तथा सुझाव संकलन गरिएको थियो । प्राप्त सुझावहरुलाई मध्य नजर गर्दै पार्टीका नेताहरूको कार्य विभाजन गरिएको माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।

अभियानको शुरुवात गर्नुअघि पार्टीले रक्तदान, पत्रकार सम्मेलन, बजार सरसफाई, जनवर्गीय संगठन तथा मोर्चाहरुसग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यही बीचमा सहिद परिवारसंग भेट्घाट तथा वडा सम्मेलन सम्पन्न गर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामीले बताए ।

पार्टीका गाउँपालिका अध्यक्ष किरण लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका इन्चार्ज बुद्धि नेपाल, हरी बस्नेत (चट्टान), धनबहादुर तामाङ, प्रदेश सदस्य भूपाल सापकोटा, केन्द्रीय सदस्य रञ्जित तामाङ, केन्द्रीय सल्लाहकार हर्कबहादुर खड्का लगायतले सुझाव राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।