+
Search

ताजा अपडेट +

पपुलर +

दमकले उचाल्यो प्रथम बाह्रदशी अध्यक्ष कपको उपाधि

दर्पण
२०८१ माघ २२, मंगलवार १३:०५ गते

२२ माघ २०८१, मंगलबार
मनोज तिवारी (दर्पण)
झापाको बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोयोगिताको उपाधि दमक नगरपालिकाले उचालेको छ। बिजेता दमक नगरपालिकाले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ।

दमक नगरपालिकाले २५-२१, २३-२५,२५-१६ र २५-१६ को सेटमा बिर्तामोडलाई पराजित गरेको हो। यस्तै उपबिजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। फाइनल खेलका म्यान अफ द म्याच दमकका खेलाडी सुमन रानामगर घोषित भए उनले ट्रफी र सम्मान पत्र प्राप्त गरे।

फाइनल अघि भएको सेमिफाइनल खेलबाट बाहिरिएका लेटाङ्ग नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालीकाले नगद दस-दस हजार रूपैयाँ पाएका छन्।

बाह्रदशी गाउँपालिका परिसरमा भएको खेलमा सर्वोत्कृष्ट खेलाडी टिम दमकका प्रदिप कट्टेल घोषित भए। उनले नगद पाँच हजार रूपैयाँ र प्रमाणपत्र पाए। वेस्ट लिफ्टर दमकका खेलाडी मुस्कान लिम्बू, वेस्ट स्पाइकर बिर्तामोडका लिला डाँगी, सर्वोत्कृष्ट ब्लकर दमकका जोनिस क्षेत्री, उदयमान खेलाडी टिम आयोजकका बिक्रम मर्णी, सर्वोत्कृष्ट डिफेन्स दमकका खेलाडी भुवन क्षेत्री घोषित भए। सम्पूर्ण विधागत उत्कृष्ट खेलाडीले जनही नगद रू पच्चिस सय र प्रमाणपत्र प्राप्त गरे।

सेमिफाइनल खेलबाट पाथीभरा याङ्वरकलाई हराउदै दमक र बिर्तामोड नगरपालिकाले लेटाङ्ग नगरपालिका लाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेका थिए। बिजेता टोलीलाइ प्रमुख अतिथि, अतिथि र प्रयोजकले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।