२२ माघ २०८१, मंगलबार
मनोज तिवारी (दर्पण)
झापाको बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिर्तामोड नगरपालिका र दमक नगरपालिका उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन।
आज भएको दोस्रो सेमिफाइनल खेलमा दुइ सेट दमक र एक सेट पाथीभरा याङ्वरकले जेतकोमा चौथो सेटको खेलमा पाथीभरा याङ्वरक टिमले खेलको अनुसासन पालना नगरेको भन्दै रातो कार्ड पाएपछि दमक स्वतह फाइनलमा पुगेको हो।
यश अघि भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकाले लेटाङ्ग नगरपालिका लाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। खेलको म्यान अफ द म्याच टिम बिर्तामोडका खेलाडी विमान खड्का रहेका थिए। खेलका म्यान अफ द म्याचले ट्रफी र सम्मान पत्र पाएका छन्।
माघ १९ गतेदेखि २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टोलीले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै दोस्रो हुने टिमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। सेमिफाइनलबाट बिहिरिने टिमले नगद दस-दस हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिता माघ २२ गते सम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया