+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश

दर्पण
२०८१ माघ २२, मंगलवार ०६:०० गते

२२ माघ २०८१, मंगलबार
मनोज तिवारी (दर्पण)

बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको छ।

बिर्तामोडले लेटाङ्ग नगरपालिका लाई २५-२७, २५-२२, २५-१९ र २५-२३ को सेटमा पराजित गरेको हो। खेलको म्यान अफ द म्याच टिम बिर्तामोडका खेलाडी विमान खड्का घोषित भए। खेलका म्यान अफ द म्याचले ट्रफी र सम्मान पत्र पाएका छन्।

अब दोस्रो सेमिफाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिका र दमक नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

माघ १९ गतेदेखि २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टोलीले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै दोस्रो हुने टिमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। सेमिफाइनलबाट बिहिरिने टिमले नगद दस-दस हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिता माघ २२ गते सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।