+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम बाह्रदशी अध्यक्ष कप भलिबलको क्वाटरफाइनल समिकरण पुरा

दर्पण
२०८१ माघ २१, सोमबार ११:५७ गते

बाह्रदशी, २०८१ माघ २१ गते
मनोज तिवारी (दर्पण)

बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा क्वाटर फाइनल समिकरण पूरा भएको छ। प्रतियोगिताको दोस्रो दिन आज पाँच खेल भएका छन।

आजको पहिलो खेलमा मेचिनगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो। सो खेलमा २५-२०, १६-२५ र २५-१३ को सेटमा पाथीभरा याङ्बरकले जितेको छ। यस खेलको म्यान अफ द म्याच पाथीभरा याङ्बरकका खेलाडी नवीन महतो घोषित भए।

त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक बाह्रदशी गाउँपालिका र लेटाङ्ग नगरपालिका बिच प्रतिस्पर्धा भएको थियो। सो खेलमा २५-२२ र २५-२१ को सोझो सेटमा लेटाङ्ग बिजयी भयो । खेलको म्यान अफ द म्याच लेटाङ्गका खेलाडी केवल लिम्बू घोषित भए।

त्यसैगरी आजै भएको तेस्रो खेलमा दमक नगरपालिका र वेलबारी गाउँपालिका बिच भएको खेलमा दमक नगरपालिकाले २५-१३ र २५-२३ को सोझो सेटमा पराजित गरेको छ। खेलको म्यान अफ द म्याच टिम दमकका खेलाडी जोनीस क्षेत्री घोषित भए।

त्यस्तै आजै भएको चौथो खेलमा बिर्तामोड नगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई २५-२२ र २५-१४ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। खेलको म्यान अफ द म्याच टिम बिर्तामोडका खेलाडी जोनिस केसि घोषित भए।

यसैगरी आजै भएको अन्तिम पाचौं खेलमा पाथीभरा याङ्वरक गाउँपालिकाले इटहरी उपमहानगरपालिकालाई २५-१९ र २५-२३ को सोझो सेटमा पराजित गरेको छ। खेलको म्यान अफ द म्याच टिम पाथीभरा याङ्वरकका खेलाडी ललन दोर्जे घोषित भए। सम्पूर्ण खेलका म्यान अफ द म्याचले ट्रफी र सम्मान पत्र पाएका छन्।

यो संगै क्वाटर फाईनल समिकरण पूरा भएको छ। भोलि हुने पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिका र लेटाङ्ग नगरपालिका प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिका र दमक नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

माघ १९ गतेदेखि २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टोलीले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउने  छन्। यस्तै दोस्रो हुने टिमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने  छन्। सेमिफाइनलबाट बिहिरिने टिमले नगद दस-दस हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिता माघ २२ गते सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।