+
Search

ताजा अपडेट +

पपुलर +

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृत

मुनाल न्यूज डेक्स
२०८१ पुष २५, बिहीबार १२:०६ गते

२५ पुष २०८१, बिहीबार

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाविरुद्ध मुद्दा दायर भएको छ । उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।

घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो ।अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।

सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd