१९ पुष २०८१, शुक्रबार
मनोज तिवारी, बाह्रदशी
झापाको बाह्रदशी आयुर्वेद स्वस्थ्य शाखाले रक्त समूह परिक्षण गर्ने कार्य गरिरहेको छ। पालिका भित्रका सामुदायिक विद्यालयमा मावि र निमावि तहमा अद्ययनरत छात्र/छात्राको रक्त समूह परिक्षण र कार्ड वितरण गर्ने कार्य गरिरहेको हो।
पुस १४ गते बाट सुरूवात गरिएको कार्यक्रममा हाल सम्म ५ विद्यालयका ६४० विद्यार्थीको रक्त समुह परिक्षण र कार्ड वितरण गरिसकिएको बाह्रदशी आयुर्वेद स्वस्थ्य शाखा प्रमुख जट्टा शंकर झाले जानकारी दिनुभयो।
आज शुक्रबार सम्ममा फुलबारी माविका छात्र ९२ छात्रा ८० गरि जम्मा १७२, जन्ज्योती आविका छात्र २५ छात्रा ४० गरि जम्मा ६५, गौरीशंकर माविका छात्र ९१ छात्रा ९२ गरि जम्मा १८३, जनविकास माविका छात्र ४९ छात्रा ८३ गरि जम्मा १३२ र घोडामारा आविका छात्र ५४ छात्रा ३४ गरि जम्मा ८८ जानाको परिक्षण गरिएको छ। शुक्रबार सम्म ५ विद्यालयका जम्मा ६४० को परिक्षण गरिसकिएको छ।
विद्यालयमा अध्ययनरत बालबालिकाको रक्त समूह परिक्षणले व्यक्तिगत र चिकित्सकीय सुरक्षा सुनिश्चित गर्ने र आकस्मिक स्वास्थ अवस्थामा उपचार सहज हुने भएकाले यस्तो कार्यक्रम राखिएको शाखा प्रमुख झाले बताउनुभयो।
पालिका भरिका ११ सामुदायिक विद्यालयका कुल २००० विद्यार्थीको रक्त समुह परिक्षण गरिने योजना रहेको छ। कार्यक्रम पुस २८ गते सम्म सञ्चालन रहने छ।
प्रतिक्रिया