झापा, पुष १४, आईतवार
पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते भोलि झापा आउदै हुनुहुन्छ । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेको छ । झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय भएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु आचार्य (अग्नि) ले जानकारी दिनुभयो ।
देशमा भएको ब्यप्त समस्या र अवस्था बुझेर गौरीगञ्ज गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी झन्डै ७ सय बढीलाई स्वागतसहित डिजिटल कार्ड बितरण गर्ने कार्यक्रम तय गरिएको छ । तम्मु ल्होसार पर्वको अवसर पारेर गौरीगञ्जमा गाउँ अधिवेशन आयोजना गरेपछी त्यहाँ नव प्रवेशीलाई समावेस गरेर विभिन्न भ्रातृ संगठनसमेत निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
१५ सय प्रवेश गराउने योजना भएपनि छोटो समयमा कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले ७ सयबढीले प्रवेश स्वागत गराइने इन्चार्ज आचार्यको भनाई छ ।
यस्तो छ तालिका:
पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार भोलि बिहान आठ बजे झापा प्रस्थानका लागि फ्लाइट रहेको छ ।
निर्माणाधीन अवस्थामा अलपत्र रहेको कन्काइ पुलको अवस्थालाई स्थलगत अवलोकन र ज्ञापनपत्र बुझ्ने, दिवा भोजनपछि दमकस्थित आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनसहित ज्ञापन पत्र ग्रहण गर्ने र साँझ काठमाडौं जाने कार्यक्रम तय गरिएको इन्चार्ज आचार्यले जानकारी दिए ।
प्रतिक्रिया