+
Search

ताजा अपडेट +

पपुलर +

प्रेस सेन्टर नेपाल झापाको दशौं अधिवेशन सम्पन्न अध्यक्षतामा पुष्प खड्का

मुनाल न्यूज डेक्स
२०८१ पुष १३, शनिबार १३:१० गते

बिर्तामोड, पुस १३, शनिवार ।

प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिर्तामोडको गौरीशंकर स्मृति प्रतिस्ठानको सभाहलमा सम्पन्न अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आज (शनिवार) भएको अधिवेशनले अध्यक्षसहितको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सह–सचिवद्वयमा लेखनाथ चापागाईं (केशव) र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी (दर्पण)लाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी सदस्यहरूमा टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ । समितिले पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो।

अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । साम्पाङलाई प्रमुख अतिथि एबम् अतिथिहरुले खदा अबिर लगाएर स्वागत गरेका थिए । साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय कमिटी सचिब बिमल लामिछानेले प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवप्रवेशी राजन साम्पाङले आफूले प्रेस सेन्टर नेपालमै प्रवेश हुनुको कारणसहित मन्तव्य राखेका थिए ।

राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिब खड्काले साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डि.कौडिन्य अक्षयकोषको अभियानलाई निश्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सेन्टरका केन्द्रीय सचिव बिमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd