+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासंघ झापाको पद हस्तान्तरण, सञ्चारकर्मीको डायरी विमोचन

मुनाल न्यूज डेक्स
२०८१ पुष ९, मंगलवार १४:२६ गते

पुस ९ मंगलबार
नेपाल पत्रकार महासंघ झापाको गत मङ्सिर २८ गते निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको छ । सो अवसरमा सञ्चारकर्मीको डायरी विमोचन गरिएको छ । १४ औं पद हस्तान्तरण कार्यक्रमसँगै ३६ औं स्थापना दिवस समेत मनाइएको छ ।

निर्वाचन समिति संयोजक शिरो साइन्दाईले नवनिर्वाचित समितिको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । महासंघ झापा शाखाले निर्वाचन समितिलाई कदरपत्र प्रदान गरेको छ । निर्वाचन समिति संयोजक खतिवडा सहित निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, लक्ष्मी खनाल कोइराला र प्राविधिक प्रमुख विगम श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।

महासंघ झापा शाखाको सम्पन्न निर्वाचनमा सचिव पदमा राजु पाठक र प्रदीप परियारको मत बरावर आएसँगै गोला प्रथाबाट पहिलो कार्यकाल पाठक र दोस्रो कार्यकाल परियारले सञ्चालन गर्ने भएका छन् ।

आज बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवससहितका कार्यक्रम आयोजना गरेको थियो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव सञ्चारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका थिए । महासंघ झापामा आबद्ध २२० सञ्चारकर्मीको व्यक्तिगत विवरण सहितको सञ्चारकर्मी डायरीको विमोचन गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । सो अवसरमा झापा शाखालाई उत्कृष्ट बनाउन प्राविधिक सहयोग पु¥याएको भन्दै सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया, महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो ।
सो अवसरमा नवनिर्वाचित महासंघका पदाधिकारीहरू, प्रदेश परिषद् सदस्य र राष्ट्रिय परिषद् सदस्यलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, कोषाध्यक्ष विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य दीपिन राई, पत्रकार राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदीप परियार, शम्भूजीत दाहाल, लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd