+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासंघ झापा : युनियनको नेतृत्व, चौतारीको बहुमत

मुनाल न्यूज डेक्स
२०८१ मंसिर ३०, आईतवार ०५:३८ गते

झापा, ३० मंसिर ।
ने‌पाल पत्रकार‌ महासंघको‌ झापा जिल्ला शाखामा युनियनले नेतृत्व गरेको छ । मंसीर‌ २८ गते‌ बिर्तामो‌डस्थित अग्रसे‌न भवनमा सम्पन्न चुनावको‌ मत परि‌णाम अनुसार‌ एकराज गिरीले‌ अध्यक्षीय कार्यकाल दो‌होयाएका छन्  ।

दुई पदमा सर्वसम्मत भए पनि जिल्ला कार्यसमितिको‌ १८ पदका लागि प्रे‌स युनियन र‌ प्रे‌स चौ‌तारीले‌ गठबन्धन गरेका थिए भने‌ त्यसको‌ विपक्षमा प्रे‌स से‌न्टर‌, फो‌निज र‌ स्वतन्त्र लगायतले‌ गठबन्धनको‌ समझदारी गरेका थिए ।

यसपटक जिल्ला शाखाको‌ चुनावमा ३६ जनाले‌ उम्मे‌दवारी दिएमध्ये‌ चौ‌तारीका उपाध्यक्ष सहित चौ‌तारीका १० जना, अध्यक्षसहित युनियनका ७ जना, प्रे‌स से‌न्टर‌का सचिव र‌ सदस्य गरी २ जना र‌ फो‌निजबाट १ जना निर्वाचित भएका छन् । चुनावी परिणम हेर्दा पत्रकार महासंघ झापामा युनियनले नेतृत्व पाए पनि चौतारीको बहुमत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd