२०८१ मंसिर २७,बिहिवार
नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि तीनै तहमा सम्पूर्ण तयारी पूरा भएको छ ।
एकैदिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदानका लागि तयारी पूरा भएको हो । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेद्वार मनोनयनको प्रक्रिया बुधबार सम्पन्न भएको छ ।
झापा शाखामा अध्यक्ष पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन् । अध्यक्ष पदका लागि टीकाराम नेती, डिकेश लामा, राजेन्द्र गौतम र एकराज गिरीले उम्मेद्वारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।
नेति सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् भने लामा नेपाल पत्रकार महासंघ झापा शाखाका बहालवला सचिव र नेपाल टेलिभिजनका झापा प्रतिनिधि हुन् । त्यस्तै गिरी नेपाल पत्रकार महासंघका अध्यक्ष र पुर्वान्चल दैनिकका सम्पादक हुन् । गौतम हिमालय दैनिकका झापा प्रतिनिधि हुन् ।
झापा शाखाको २० सदस्यीय कार्यसमितिका ३३ जनाले उम्मेदवारी दिएका छन् भने १५ जना प्रदेश परिषद सदस्यका लागि १४ जनाको मात्र उम्मेदवारी परेको छ । त्यस्तै, ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको नामावलीअनुसार उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने, महिला उपाध्यक्षमा विनिता गौतम (विनिशा शर्मा), सुशीला संग्रौला र सुनिरा मैनालीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा राजु पाठक र प्रदिप परियार, सहसचिवमा नरेन्द्रकुमार ढकाल र रमेश तिवारी, सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जनको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा पुष्पलाल खड्का, शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् । १५ जना प्रदेश परिषद सदस्यका लागि १४ जनाले मात्र उम्मेदवारी दिएकोमा सबैजना निर्विरोध भएका छन् । सदस्यका लागि सन्तोष शर्मा, प्रकाश उप्रेती, मनोज तिवारी, बिनोद पाण्डे, उत्तम नेपाल, किशोर उपरकोटी, सुदिप अधिकारी, भुकुमारी लिम्बू लगायतले २३ जनाको उम्मेद्वार रहेको जनाएको छ ।
पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाको मतदान शनिश्चरे रोडमा रहेको अग्रसेन भवनमा हुनेछ ।
प्रतिक्रिया