+
Search

ताजा अपडेट +

पपुलर +

घरबगैंचा कृषि सहकारीको चौथो कार्यकालका लागि अध्यक्षमा लक्ष्मी तिवारी

मुनाल न्यूज डेक्स
२०८१ मंसिर २२, शनिबार १४:१९ गते

बाह्रदशी, २२ मंसिर २०८१
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ६ मा रहेको घरबगैंचा कृषि सहकारी संस्था लिमिटेडको चौथौ कार्यकालका लागि लक्ष्मी तिवारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनले २०७० साल देखि लगातार १२ बर्ष अध्यक्षता गर्दै आएका हुन।

संस्थाको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट तिवारी अध्यक्षमा चयन भएका हुन् । संस्थाले आज (शनिवार) बाह्रदशी–६ स्थित रेडक्रस भवनमा आयोजना गरेको बार्षिक साधारणसभा साथै चौथो अधिवेशनबाट तिवारी सर्वसम्मत चयन भएका हुन् ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 41;


अधिवेशनले उपाध्यक्षमा शैलुजा राजवंशी, ब्यवस्थापकमा टिकाराम रोक्का सदस्यमा भरतकुमार रोक्का, चम्पा देवी तिवारी, दिपक सुवेदी र रमेशकुमार झा सर्वसम्मत चयन भएका छन् ।

यसैगरी लेखा समितिको संयोजकमा टंकप्रसाद कडरिया र सदस्य गौरीप्रसाद रिजाल चयन भएका छन् । संस्थाका अध्यक्ष लक्ष्मी तिवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा कार्यक्रममा कोशी प्रदेशका सांसद छबिलाल चुडालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद चुडालले हाल युवा बिदेशिने क्रम अत्याधिक बढेकाले स्वदेशमै सवै क्षेत्रले रोजगारी सिर्जना गर्नु पर्ने बताए । उनले कृषि र प्राबिधिक क्षेत्रमा देशमै धेरै अवसर भएकाले त्यसको सदुपयोग गरेर युवाका लागि रोजगारको अवसर मिलाउनु पर्नेमा जोड दिए ।

साभारणसभाका अवसरमा संस्थाका ५ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । संस्थाका जेष्ठ सदस्यका रुपमा ज्ञानबहादुर भेजेल, गौरीप्रसाद रिजाल, प्रजापति चापागाई, सुकदल योङहाङ र रामप्रसाद गौतम सम्मानी भएका थिए । उनीहरुलाई प्रमुख अतिथि सांसद चुडाल, अध्यक्ष तिवारीलगायतले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष तिवारीले प्रस्तुत गरेको प्रतिबेदन अनुसार आर्थिक बर्ष २०८०÷०८१ सम्म शेयरपुँजी २५ लाख ३१ हजार छ भने शेयर सदस्य ३२२ जना रहेका छन् । यसैगरी निक्षेप हिसाव ५५ लाख ६२ हजार १३६ रुपैयाँ ७५ पैसा, ऋण लगानी ९१ लाख ६८ हजार ८०० रुपैयाँ, कोष हिसाव २३ लाख ६६ हजार ४४३ रुपैयाँ ८८ पैसा, गरी यस आवमा जम्मा एक करोड ४ लाख ९२ हजार ३०१ रुपैयाँ ७३ पैसाको कारोवार भएको प्रतिवेदनमा छ ।

संस्थाका ब्यवस्थापन टीकाराम रोक्काले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि चुडाल, बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, झापा जिल्ला सहकारी संघका सदस्य हरिकृष्ण अधिकारी, बाह्रदशी गाउँपालिका कृषि शाखा कर्मचारी सोभा धमला, संस्थाका ऋण उप–समितिका संयोजक नरप्रसाद शिवाकोटीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य पुन्यप्रसाद सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd