+
Search

ताजा अपडेट +

पपुलर +

फक्तालुङका बिद्यार्थीहरु अन्तर्राष्ट्रिय समेलनमा सहभागी हुन भारतको लखनउ प्रस्थान

मुनाल न्यूज डेक्स
२०८१ मंसिर १७, सोमबार १३:३४ गते

१७ मंसिर २०८१, सोमबार
रिजन तिम्सिना
झापाको कनकाई नगरपालिका अन्तर्गत ७ नम्बर वडामा रहेको फक्ताङलुङ एजुकेशन फाउन्ण्डेशन बिधालयका बिद्यार्थीहरु विद्यार्थि गुणिय चक्र (Student Quality Circle)SQC को २५ औं अन्तराष्ट्रिय ४ दिने सम्मेलनमा सहभागीहुनका लाई भारतको लखनउ प्रस्थान गरेका छन ।

सिटी मन्टेश्वरी स्कूल लखनउमा सञ्चालनहुने ४ दिने समेलनमा फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयका बिद्यार्थीहरुले Case study प्रस्तुति, सडक नाटक (नुक्कड), कोलाज, पोस्टर एण्ड स्लोगन, हाजिरि जवाफ प्रतियोगिता आदिमा भाग लिने कुरा फक्तालुङ एजुकेसन फाउन्डेसनका प्रधानाध्यापक ओम ब्रिक्रम नेम्वाङले जानकारी दिनु भएको हो। बिधालयको तर्फ बाट ६ जना बिद्यार्थीहरु र २ जना शिक्षक प्रतिनिधिहरु समेलनमा सहभागी हुन लखनउ प्रस्थान गरिसकेको उहाँले जानकारी गराउनु भएको छ ।

१५ देशहरु समेलित सो अन्तर्राष्ट्रिय समेलनमा नेपालभरी बाट ३० वटा बिधालयहरु समेलनमा भाग लिएको मा झापा जिल्ला भरि बाट जम्मा ५ वटा बिधालयहरुले सहभागीता जनाउदै छन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd