२७ कात्तिक २०८१, मंगलबार
बढ्दो इन्टरनेट को जोखिमलाई मध्यनजर गर्दै वल्र्डलिंको कम्युनिकेसनको आयोजनमा “अनलाइन जोखिम र सुरक्षित इन्टरनेट व्यवहार” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। बिर्तामोड नगरपालिका भित्रका दुई विद्यालयमा २६ गते सोमबार कार्यक्रम संचालन गरेको हो।
वाल्मीकि एजुकेसन फाउन्डेसन र कोहेड एजुकेसन फाउन्डेसनका कक्षा ९ र १० मा अध्ययनरत २०० जना विद्यार्थी हरुको सहभागी रहेको थियो ।
कार्यक्रममा इन्टरनेटबाट हुने अपराध, अपराध बाट बाँच्ने उपाय र इन्टरनेट को सही सदुपयोग कसरी गर्ने भन्ने बारेमा विद्यार्थी हरु लाई जानकारी गराइएको थियो ।
प्रतिक्रिया