चकचकी । असोज २५, शुक्रबार
झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ४ शिवालय मन्दिर परिसरमा नवमी मेला सम्पन्न भएको छ। शुक्रबार पहिलो पटक दशै नवमी मेला सम्पन्न भएको हो।
शिवालय मन्दिर ब्यवस्थापन समिति बाह्रदशी ४ चकचकि बजारको आयोजना गरिएको हो । मेलाको प्रमुख अतिथि बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाई रहेका थिए। उनले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए।
त्यस्तै मेला उद्घाटन कार्यक्रमको अतिथिहरूमा गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेल र बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष महताब आलम समाजसेवी दयानन्द गोश्वामी लगायत रहेका थिए।
मेलाको मुख्य आकर्षणका रुपमा सन्थाल झाकी सहितको नृत्य रहेको थियो। मेलामा उल्लेखनीय सङ्ख्यामा व्यापारी र मेला भर्न आउनेको घुइँचो देखिन्थो।
मेला आयोजक समितिका अध्यक्ष नारायण गणेशको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन कार्यक्रमको संचालन शिवालय मन्दिर ब्यवस्थापन समितिका सचिब फनिन्द्र कटुवालले गरेका थिए।
प्रतिक्रिया