+
Search

ताजा अपडेट +

पपुलर +

‘पूर्वेली बिहिबारे फूलबारी नमुना समाज’ले गर्यो राजेशको परिवारलाई आर्थिक सहयोग

दर्पण
२०८१ आश्विन २३, बुधबार १२:४७ गते

फूलबारी,असोज २३ बुधबार
गत असोज २० गते मृतक भेटिएका राजेश हजामको परिवारलाई आर्थिक सहयो संकलन गर्न थालिएको छ। चार महिना अघि देखि बेपत्ता भएका बाह्रदशी ५ फूलबारीका राजेश हजामको परिवार आर्थिक रूपले अति कमजोर रहेकोले काज किरिया गर्न समेत कठिनाई भएको कारण आर्थिक सहयोग अभियान अघि बढाईएको हो। घरको प्रमुख व्यक्तिको नै मृत्यु भएपछि यतिबेला हजाम परिवार शोकमा त छनै, आर्थिक रूपमा पनि शिथिल बनेको छ।

फूलबारी नमुना समाजका अध्यक्ष वीर बहादुर राजबंशीको नेतृत्वमा “पूर्वेली बिहिबारे फूलबारी नमुना समाज”ले हजाम परिवारलाई रू २५ हजार रूपैयाँ संकलन गरि आज हस्तान्तरण गरेको हो। यस्तै समाजका अध्यक्ष राजवंशीले अन्य सहयोगी हातहरूमा सहयोगको अपिल गरेका छन् ।
१) वीर बा. राजबंशी
२)टंक रसाइली
३) वर्तमान राई (राजन)
४) बिपना राई
५) गंगा प्रधान श्रेष्ठ
६) सेलमती राजबंशी
७) कपिल सेन्दाङ
८) कल्पना लम्साल
९) अमित राई लगायतले आर्थिक सहयोग संकलनमा सहयोग पुर्याउनु भएको हो।

राजेश अजाम परिवारका जेठा छोरा थिए। उनले नजिकै फूलबारीमा सैलुन व्यवसाय संचालन गरेर घर व्यवहार सञ्चालन गर्दै आएका थिए।

राजेशको हत्या र शव लुकाउन भुमिका रहेको आरोपमा बाह्रदशी ७ का ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना वैदेशिक रोजगारीमा दुबई पुगेका छन्। उनले नेपाल झिकाउने काम भईरहेको छ। प्रहरीले मुना राजवंशी, मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी र मुनाका १६ वर्षीय भतिजालाई पक्राउ गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।