+
Search

ताजा अपडेट +

पपुलर +

शिवसताक्षीमा बजार अनुगमन : सडेको मासु फेला

मुनाल न्यूज डेक्स
२०८१ आश्विन १५, मंगलवार ०८:०३ गते

१५ असोज २०८१, मंगलबार
झापा शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाड बाड नजिँकदै गर्दै बजार अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो ।

आज शिवसताक्षी वडा नं. १ स्थित धरमपुर बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा क्रममा पहिलेको जस्तो ठुलो परिमाणमा अखाद्य बस्तुहरु फेला नपरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

छिटपुट रुपमा केही पसलहरुबाट विस्कुट, पाउरोटी, कोल्डड्रिक्सहरु म्याद गुज्रिएको अवस्थामा फेला परे पनि गएको अनुगमनमा भेटिए जस्तो ठूलो परिमाणमा नभेटिएको उनले जानकारी दिइन् । धरमपुरको एक मासु पसलबाट सडेको मासु फेला परेको थियो । उनले भनिन् त्यसलाई अनुगमन टोलीले खाल्डो खनेर पुरिदियो ।

अनुगमनका क्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेले नगरबासीको स्वास्थ्यलाई मध्य नजर गर्दैै व्यापारीहरुले चाडपर्वमा म्याद गुज्रिएका सामाग्री बेच्ने गरेकाले पनि यस अनुगमन गर्नु परेको बताइन् ।

कुुनै कुनै खाद्य सामाग्रीहरु स्थानीय व्यापारीहरुसँग आइपुग्दा नै म्याद गुज्रिन लाग्दा आइपुग्ने व्यापारीहरुले गुनासो गरेका छन् । व्यापारी भन्छन् हामीले सामान अडर गर्छै, सामान हामीसँग आइपुग्दा आउँदा नै म्याद सकिन लाग्दा आइपुग्छ । कतिपय सामानको हामीलाई पनि थाहा हुँदैन ।

अनुगमनका क्रममा १५ ओटा पसलको नविकरण गर्न बाँकी र २ ओटा पसल नयाँ दर्ता गर्नु पर्ने देखिएको अनुगमन टोलीका सदस्य तथा सहकारी प्रमुख बद्री दाहालले जानकारी दिए । धरमपुरमा कृषि शाखा प्रमुख रविन भट्टराई, स्वास्थ्य शाखाका हरि विमली, कर्मचारी दिपक तामाङ, प्रहरी, नगर प्रहरी लगायतको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd