+
Search

ताजा अपडेट +

पपुलर +

चकचकी भयो उपविजेता

महमारी क्रिकेट क्लब भारतले चकचकीलाई लाई ३२ रनले पराजित गर्दै उपाधी चुमेको हो ।

मुनाल न्यूज डेक्स
२०८१ आश्विन ५, शनिबार १५:५९ गते

५ असोज २०८१, शनिबार

झापाको झापा गाउँपालिका–३ फुलगाछीमा जारी खुल्ला वडाध्यक्ष टी– १० क्रिकेट प्रतियोगितामा चकचकी उपविजेता बनेको छ । महमारी क्रिकेट क्लब भारतले चकचकीलाई लाई ३२ रनले पराजित गर्दै महमारीले उपाधी चुमेको हो । टस जितेर ब्याटिंग रोजेको महमारीले चकचकीलाई ११४ रनको लक्ष्य दिएको थियो । उत्कृष्ट खेलका बाबजुत पनी चकचकीले लक्ष्य पछ्याउँन नसक्दा महमारी उपाधीले उपाधी जितेको हो ।

विजेता टिम महमारीले नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । उप-विजेता बनेको चकचकीले नगद १५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेश लगायतले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा म्यान अफ द सिरिन्ज चकचकीका बिट्टू घोसित भए । प्रतियोगितामा बेस्ट बलर ब्रोदर्स क्रिकेट क्लब मदरगाछका अंकित दास र बेस्ट ब्याट्स मेन महमारीका दिपक सहनी घोसित भए । उनीहरुले नगद एक हजार सहित ट्रफी पाए ।

रानी सामुदायीक बनको खेलमैदानमा आजै फाइनल खेल हुनु अघी क्वाटर फाइनलका दुई खेल र सेमी फाइनलका दुई खेल भएका थिए । क्वाटर फाइनलको खेलमा ब्रोदर्स क्रिकेट क्लब मदरगाछले चर्तागाछीलाई ४ विकेटले हराउदै सेमी फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै चकचकीले पन्थापाडालाई ८ विकेटले हराउदै सेमी फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै आजै भएको पहिलो सेमीफाइनल खेलमा महमारीले ब्रोदर्स क्रिकेट क्लब मदरगाछलाई ५ विकेटले पराजित गर्दै अन्तिम दुइमा स्थान पक्का गरेको थियो।त्यस्तै दोस्रो सेमिफाइनल खेलमा चकचकीले राजागढ़ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै अन्तिम दुइमा स्थान पक्का गरेको थियो ।

कुमार राइले संचालन गरेको समापन कार्यक्रममा झापा गाउँपालिका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगीता प्रथम पुरस्कार हाल इजरायलमा कार्यरत विश्व खरेलले प्रायोजन गर्नु भएको हो । त्यस्तै दोस्रो पुरस्कार हाल काठमान्डुमा कार्यरत नितेश श्रेष्ठले प्रायोजन गर्नुभएको आयोजक समितिका अध्यक्ष मोहन मण्डलले बताउनु भयो ।त्यस्तै बेस्ट ब्याट्समेन र बेस्ट बलरलाई पुरस्कार र खेललाई सहयोग धिरेन्द्र गणेशले समेत गर्नुभएको छ । प्रतियोगीता संचालनमा बैदेशिक रोजगारमा कार्यरत जितबहादुर खड्का ,मोहन गणेश र जोगेन्द्र गणेश सहित स्थानीय खेलप्रेमी साथै वडा नम्बर ३ को समेत आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ । असोज ३ गते देखी संचालन भएको प्रतियोगीता आज असोज ५ गते समापन भएको हो ।

झापा गाउँपालिकालाई क्रिकेट क्षेत्रमा समेत अघी बढाउँन यस्ता प्रतियोगीता संचालन गरिएको आयोजक समितिका सुरज साहले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd