विर्तामोड
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान ५ बजे Timeless Moments पार्टी प्यालेसबाट morning walk मा निस्कनुभएको छ। उहाँले बिर्तामोड बजार हुँदै अर्जुनधारा नगरपालिका-११ बसपार्कमा रहेको गिरिबन्धु ५१ बिग्घा जग्गा क्षेत्रको अवलोकन गर्नुभयो। यस अवसरमा ५१ बिघा जग्गा बसपार्क समन्वय समितिले उहाँलाई ग्यापन पत्र हस्तान्तरण गरेको थियो।
अवलोकनको क्रममा प्रचण्डले ५१ बिघा जग्गाको समस्या संसदमा उठाउँदा आफू सरकार छोड्न बाध्य भएको र भ्रष्टाचारको पर्दाफास गर्दा अल्पमतमा परेको खुलासा गर्नुभयो। उहाँले भने, “म यस समस्याबारे पूर्णरूपमा जानकार छु र यसको समाधानका लागि गम्भीरताका साथ पहल गर्नेछु।”
प्रचण्डले यस्ता समस्याहरूको समाधानका लागि आफूले संसदमा कुरा उठाए पनि भ्रष्टाचारका कारण अवरोध आएको बताउँदै, आगामी दिनमा यस विषयमा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनुभएको छ।
प्रतिक्रिया