२२ भदौ २०८१, शनिबार
चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ । आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो ।
दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको बिएन्डसीले लामो समयपछि एमबिबिएसमा सिट पाएको हो । कलेजलाई एमबिबिएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो । कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबिबिएस कार्यक्रम सुरु गर्न लागेको हो ।
प्रतिक्रिया