+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोडमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु

मुनाल न्यूज डेक्स
२०८१ भाद्र १५, शनिबार १३:२७ गते

१५ भदौ २०८१, शनिबार
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५, हिकोला मोडमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटना आज साँझ ५ बजे भएको हो। बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्र१-०२-००२ ख ००३५) ले बाटो क्रस गर्दै गरेको मोटरसाइकल (प्र१-०१-०१३ प ५७००) लाई ठक्कर दिएको थियो।

दुर्घटनामा इलाम जिल्ला, माई नगरपालिका वडा नम्बर ४, गैरीगाउँ निवासी ३६ वर्षीय ठिर प्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा तुलसा पाँचकोटीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सुवेदीलाई सामान्य चोट लागेको छ।

दुर्घटनापछि बस र बस चालक २९ वर्षीय हिमाल बि.क., जो झापा जिल्ला, कन्काई नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन्,लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd