२१ साउन २०८१, सोमबार
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत शुक्रकार प्रकाशन गरेको कक्षा १२ काे नतिजामा झापा बाह्रदशीका विद्यालयहरूको नतिजामा सुधार आएको छ । यस शैक्षिक शत्रमा सहभागि कुल ३५३ परीक्षार्थी मध्यें १९४ जना उत्तीर्ण भएका छन् । गत बर्ष भने पालिका भरिमा जम्मा ३७० परीक्षार्थी मध्यें २५५ जनाले ग्रड पाउन सकेका थिएनन् भने ११५ जनाले मात्र पास हुन चाहिने न्यूनतम ग्रेड पाउन सफल भएका थिए । अघिल्लो बर्ष ३१ प्रतिशत पास भएकामा यो बर्ष भने ५४ प्रतिशत भन्दा बढि परिक्षार्थी उत्तीर्ण भएका छन् । बाह्रदशी गाउँपालिका भित्र ३ सामुदायिक र २ संस्थागत गरि ५ बिध्यालयले कक्षा १२ सम्मकाे अध्यापन गराउदै आएका छन् ।
बाह्रदशी गाउँपालिका शिक्षा शाखाले उपलब्ध गराएको विवरण अनुसार सबै भन्दा राम्रो नतिजा बाह्रदशी ७ मा रहेको दिपजन अंग्रेजि माविले ल्याएको छ भने सबै भन्दा कमजोर नतिजा बाह्रदशी ७ मै रहेको गाैरीशंकर माविले प्राप्त गरेको छ ।
दिपजन अंग्रेजि मावि का ३९ परीक्षार्थी मध्यें ९२.३१ प्रतिशत अर्थात ३६ जना उत्तीर्ण भएका छन् । ज्ञान ज्याेति अंग्रेजी मावि बाट २९ जना मा २४ जाना उत्तीर्ण भएका छन् । यसैगरी पशुपति मावि का १७२ विद्यार्थीमा ८३ जनाले पास हुन चाहिने न्यूनतम ग्रेड प्राप्त गर्न सफल भएका छन् ।यस्तै फूलबारी मावि बाट परीक्षामा सहभागि ५३ परीक्षार्थी मध्यें २४ जना उत्तीर्ण भएका छन् । यसै गरी पालिका भरिमै सबैभन्दा कमजाेर नतिजा ल्याएको गाैरीशंकर माविले परीक्षामा सहभागि ६० विद्यार्थीमध्यें २७ जना मात्रै पास गराउन सफल भएको छ । गाैरीशंकरकाे पास प्रतिशत ४५ रहेको छ ।
गत बर्ष सबै भन्दा कमजोर नतिजा बाह्रदशी ५ मा रहेको फूलबारी माविको रहेको थियो । फूलबारीका ४४ परिक्षार्थी मध्यें १ जना मात्रै पास हुन सफल भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डको यस बर्षको देशभरको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका थिए । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका हुन ।
प्रतिक्रिया