१७ साउन २०८१, राजेश आचार्य ।
हल्दिबारी गाउँपालिकामा पिकअपको ठक्करबाट माेटरसाईकलमा सवार दुई जनाकाे मृत्यु भएकाे छ । हल्दिबारी गाउँपालिका वडा नम्वर ५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा पिकअपको ठक्करबाट दुईजनाको मृत्यु भएको हाे ।
आज साँझ ७:१५ बजे हुलाकी राजमार्गमा राजगढवाट जलथलतर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।
अन्दाजी २५ – ३० वर्षका दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका वडा नम्वर २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको डीएसपी कृष्णकुमार चन्दले बताए ।
प्रतिक्रिया