४ साउन २०८१, शुक्रबार
बाह्रदशी गाउँपालिका र करुणा फाउन्डेसन नेपाल बिच अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रम कार्यन्वयनका लागी सम्झौता भएको छ । अपाङ्ग महासंघ नेपालको प्रविधिक सहयोग रहने कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, बाह्रदशी गाउँपालिका र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेसन नेपालको त्रिपक्षिय लागत साझेदारीमा सम्झौता भएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, महिला तथा बालबालिका शाखा प्रमुख समिक्षा ढकाल, करुणा फाउन्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे र हाम्रो बाह्रदशदी अपाङ्गता अभियानका अध्यक्ष सन्तोस सुवेदीको रोहवरमा बाह्रदशी गाउँपालिका तर्फ बाट अध्यक्ष देविन्द्र प्रसाद चम्लगाई र करुणा फाउन्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रमले जन्मजात हुने अपाङ्गगता न्युनीकरण तथा जन्म पश्चात विकसित हुने अपाङ्गताको रोकथाम र अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । अपाङ्गता भएका व्याक्तिको तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीवीकोपार्जन, शिक्षा, स्वास्थ्य लगायत साहयक सामग्रीको व्यवस्थापन तथा बिभिन्न क्षमता बिकास साथै विबिध तालित समेत प्रदान गर्ने करुणा फाउन्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे बताउनुभयो।
अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रम २०८१ श्रावण १ गते देखि सञ्चालन भइ २०८४ असार मसान्तसम्म (३ बर्षको अवधि सम्म) सञ्चालन हुने छ। सम्झौतापत्रमा हस्ताक्षर हुन अघि करुणा फाउन्डेसन नेपालले बाह्रदशी गाउँपालिका जनप्रतिनिधि कर्मचारी र अपाङ्गता भएका व्यक्तिहरूलाइ अभिमुखिकरण तालिम प्रदान गरेको थियो ।
प्रतिक्रिया