+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने

मुनाल न्यूज डेक्स
२०८१ असार १६, आईतवार १४:५८ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सात दिने स्पष्टीकरण सोधेपछि पार्टीभित्र उनीमाथि सम्भावित कारबाहीको चर्चा व्यापक भएको छ । शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई ७ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण पठाएको थियो ।

आफ्नो समिक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि सञ्चारमाध्यममा लिक गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो । सभापति रवि लामिछानेकै निर्देशनमा आयोगले स्पष्टीकरण सोधेको बुझिएको छ । आयोगका अध्यक्ष यज्ञमणी न्यौपानेले स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका छन् ।

महामन्त्री डा. ढकालले अहिलेसम्म स्पष्टीकरण पत्र नपढेको बताए । स्पष्टीकरण पत्र आज पढेर बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने उनको भनाइ छ ।

‘आयोगले महामन्त्रीलाई स्पष्टीकरण सोध्न मिल्छ कि मिल्दैन भन्ने पनि प्रश्न छ । जे भए पनि मेरो जवाफ केन्द्रीय समिति बैठकमा नै आउँछ’, उनले भने ।

रास्वपाले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न भनेर बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकमा महामन्त्री ढकालमाथि ‘कारबाही’ को निर्णय हुन सक्ने आंकलनहरु पनि भइरहेका छन् । उनलाई पदबाट बर्खास्त गर्नेदेखि निलम्बनमा राख्नेसम्मका विकल्पहरुबारे चर्चा भइरहे पनि मुर्तरुपमा केही आएको छैन । रास्वपामा महामन्त्री नियुक्त गर्ने र हटाउने एकाधिकार विधानले सभापतिलाई दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd