+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ, बाह्रदशी गाउँपालिका भित्रका विद्यालयहरूको एसईई नतिजा

बाह्रदशीको जनविकास माविको एसईई नतिजा सुन्य

मुनाल न्यूज डेक्स
२०८१ असार १५, शनिबार ०४:५५ गते

१५ असार २०८१, शनिबार
यस वर्षको एसईई परीक्षामा झापा बाह्रदशीकाे जनविकास माध्यमिक विद्यालयको नतिजा सुन्य आएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा रहेकाे जनविकास माविका २१ परीक्षार्थी सबै जना अनुत्तीर्ण भएका हुन् ।

यस्तै बाह्रदशी १ मा रहेको अमृत माविबाट ७१ जना सहभागीभएकोमा १ जना मात्रै उत्तीर्ण भइ बाकि ७० जनानै अनुत्तीर्ण भएका छन् । पञ्चमणी माविका २० सहभागीमध्ये १ जनामात्रै उत्तीर्ण र बाकि १९ जना नुत्तीर्ण भएका छन् ।

यसैगरी बाह्रदशी ७ मा रहेकाे गाैरीशंकर माविबाट ६० जना परीक्षामा सामेल विध्यार्थीमध्ये १९ जना उत्तीर्ण र ४१ जना अनुत्तीर्ण भएका छन् । फूलबारी माविका २७ जनामा ४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने २३ जना अनुत्तीर्ण भएका छन् ।

यस्तै बाह्रदशी ३ मा रहेको पशुपती माविबाट १२३ जना सहभागीमध्ये ४१ जना उत्तीर्ण भएका छन् भने ८१ जना अनुत्तीर्ण भएका छन् । ज्ञानज्याेति माविका ७१ सहभागीमध्ये ४४ जना उत्तीर्ण भएका छन् ।

संस्थागत विध्यालयहरू तर्फ बाह्रदशी ६ मा रहेको कञ्चनगढ एजुकेशन फाउण्डेसनका १३ परीक्षार्थीमध्यें १० जना उत्तीर्ण र ३ जना अनुत्तीर्ण भएका छन् । मिनि माउण्टेन इङ्गिस स्कूलका ११ जना सहभागिमा सबैजना उत्तीर्ण भएर पालिका भरिमै सत प्रतिशत नतिजा ल्याउने एकमात्र स्कूल बनेको छ ।

यसैगरि दिपजन अग्रेजि माविबाट ५५ जना सहभागीमध्ये ४५ जना उत्तीर्ण र १० जना अनुत्तीर्ण भएका छन् । कञ्चनज्योति अग्रेजि माविका १८ जना मध्ये १४ जना उत्तीर्ण भएका छन् । लिटलस्टार अग्रेजि माविबाट ३१ जना सहभागीमध्ये १४ जना उत्तीर्ण र १७ जना नुत्तीर्ण भएका छन् ।

यस्तै नमुना अग्रेजि माविका १० सहभागीमा २ जना उत्तीर्ण र बाकि ८ जना अनुत्तीर्ण भएका छन् । बाह्रदशी ३ मा रहेको दिव्यजोति अग्रेजि माविबाट ३० जना सहभागीमध्ये ५ जना उत्तीर्ण र बाकि २५ जना अनुत्तीर्ण भएका हुन ।

गाउँपालिका भरिका ३ सय ४९ परीक्षामा सहभागीभएका मध्ये २ सय ७ जना मात्रै उत्तीर्ण भएका छन् । ३.६ देखि ४ जिपिए पाउने १९ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने ८० जना, २.८ देखी ३.२ जिपिए ल्याउने ८० जना, २.४ देखी २.८ जिपिए ल्याउने ३० जना र २.० देखी २.४ जिपिए सम्म ल्याउने ३ जना परीक्षार्थी रहेका छन् ।

बाह्रदशी गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि सरकारी विध्यालयहरूकाे समग्र अतिजा भने कमजोर देखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ ।

शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd