+
Search

ताजा अपडेट +

पपुलर +

झापाका पत्रकारलाई बिर्तामोडमा एआई तालिम

एआई तालिमको सहजीकरण सञ्चारबिद् डा. भानुभक्त आचार्यले गरेका थिए

मुनाल न्यूज डेक्स
२०८१ जेष्ठ २३, बुधबार ०८:३२ गते

२३ जेठ २०८१, बुधबार
झापाको बिर्तामोडमा पत्रकारितामा एआई प्रभाव र प्रयोग बिषयक एकदिने प्रशिक्षण भएको छ । झापाको पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डटकमको आयोजनामा बिर्तामोडमा आयोजित एआई तालिमको सहजीकरण सञ्चारबिद् डा.भानुभक्त आचार्यले गरेका थिए ।

झापाका पत्रकारलाई एआई सम्बन्धी जानकारी गराउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले जानकारी दिए ।

पूर्वाञ्चल दैनिकका ब्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन सह सम्पादक सुरेन्द्र भण्डारीले गरेका थिए । सोही कार्यक्रमकाबिच सञ्चारबिद् डा.भानुभक्त आचार्यलाई सम्मान समेत गरिएको थियो ।

तालिममा झापाका ४३ जना पत्रकारहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd