२२ जेठ २०८१, मंगलबार
नेकपा एमाले बाह्रदशी गाउँकमीटीकाे अध्यक्षमा अग्नी प्रसाद सापकोटा (अनिल) निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा उनले प्रतिस्पर्धी तोयानाथ पोख्रेललाई ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । सहमती हुन नसकेको ३ पदमा २१ गते सोमबार निर्वाचन भएको हो । प्राप्त नतिजा अनुसार सापकोटाको प्यानलनै बिजयी भएको छ ।
कुल ३ सय १० मतदाता मध्ये २ सय ९२ जनाले मतदान गरेका थिए । जसमा सपकोटाले १ सय ७३ मत पाए भने पोख्रेलले १ सय १८ मत पाएका हुन । यस्तै उपाध्यक्षमा पनि सापकोटा प्यानलकै यादव प्रसाद मिश्र निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी ज्ञानु सुवेदीलाई २१ मतले पछि पारेका हुन । यसैगरी निर्वाचन भएको सह-सचिव पदमा पनि सापकोटा प्यानलकै उमेद्वार बिजयी भएका छन् । सह-सचिवमा जय नारायणा आचार्यले प्रतिस्पर्धी प्रेम बहादुर श्रेष्ठलाई ९४ मत अन्तरले जित हासिल गरेका हुन ।
यस अघिनै सचिवमा भने सम्भु सिंह राजवंशी सर्वसहमतिले चयन भैसकेका छन् । नेकपा एमाले बाह्रदशी गाउँकमिटिको नेतृत्व ३६ बर्षिय यूवाले पाएसंगै यूवाहरूमा आशा पलाएको छ ।
प्रतिक्रिया