२०८१ जेठ ८ गते
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
प्रतिक्रिया