+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीका ८६ प्रतिशतले खाए हात्तीपाइलेको औषधि

दर्पण
२०८१ जेष्ठ १, मंगलवार ०६:४० गते

१ जेठ २०८१, मंगलबार
बाह्रदशी गाउँपालिकाका ८६ प्रतिशत भन्दा बढि नागरिकले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । बैशाख १६ देखि संचालित आम औषधि कार्यक्रम अन्तर्गत पालिका भरिका ३७ हजार ८ साय ७४ जाना मध्ये ३२ हजार ६ सय ७५ जानाले औषधि सेवन गरेकाे बाह्रदशी स्वास्थ्य शाखाले जनाएको छ।

वडा नम्बर १ का ४ हजार ५ सय २० जाना मध्ये ४ हजार १ जानाले औषधि सेवन गरेका छन् । यस्तै वडा नम्बर २ मा ६ हजार १ सय ७५ मध्ये ५ हजार २ सय ५८ जनाले औषधि सेवन गरेका छन् । यसै गरि वडा नम्बर ३ का ६ हजार ७ सय ६१ मध्ये ६ हजार ६८ जानाले औषधि सेवन गरेका छन् । यस्तै वडा नम्बर ४ का ४ हजार ४ सय ४८ मध्ये ३ हजार ७ सय १७ जानाले, वडा नम्बर ५ का ७ हजार ३ सय २४ मध्ये ५ हजार ९ सय १७ जनाले, वडा नम्बर ६ का ५ हजार ३ सय ५९ जाना मध्ये ४ हजार ६ सय ४८ र वडा नम्बर ७ का ३ हजार २ सय ८७ मध्ये ३ हजार ६६ जानाले औषधि सेवन गरेका छन् ।

सबै भन्दा बढि बाह्रदशी वडा नम्बर ७ मा ९३.२८ प्रतिशत नागरिकले औषधि सेवन गरेका छन् भने सबै भन्दा कम वडा नम्बर ५ का ८०.७९ नागरिकले औषधि सेवन गरेका छन् । सबैले औषधि सेवन गरि नसकेको कारणले अभियान अझै केहि दिन सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।