३१ वैशाख २०८१, सोमबार
जेठ १ गते मंगलबार देखि ५ गते शनीबार सम्म झापा गाउँपालिकाको शरणामतीमा आयोजना हुन लागेको चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ। एक विशेष कार्यक्रमको आयोजना गरी खेलको तयारी पुरा भएको जानकारी दिइएको हो । भलिवल प्रतियोगिताका लागी शरणामती साथै जनता माविको खेलमैदान सजिसजाउ बनाइएको छ ।
मंगलबार बेलुका ४ बजे देखि शुरु हुने प्रतियोगिताको उद्घाटन पालिकाका कार्हबाहक अध्यक्ष अन्जुदेवी थापलियाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।भलिवल प्रतियोगिताका लागि खेलमैदान,दर्शक बस्ने ठाउँ लगायत सम्पुर्ण तयारी चुस्तदुरुस्त बनाइएको खेल संचालक समितिका अध्यक्ष रोहित सिवाकोटीले बताउनुभयो ।
८ टिमको सहभागिता रहेको खेल लिगकम नकाउटका आधारमा खेलाउने सल्लाहकार समिति संयोजक गजेन्द्र ताम्लीले बताउनु भयो । उहाँले आयोजक टिम झापा (रातो) र झापा (निलो) , मोरङ ,संखुवासभा ,भोजपुर , सोलुखुम्बु , चितवन र तेह्रथुमको सहभागिता रहेको बताउनु भयो ।
कार्यक्रममा झापा गाउँपालिकाका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले खेलकुदको विकासमा झापा गाउँपालिकाले हरदम सहयोग गर्ने प्रतिवद्दता जनाउनुभयो । राष्ट्रिय रेफ्री बिबेक राइले रात्रीकालिन भलिवल प्रतियोगिता पूर्वकै पहिलो रहेको दाबी गर्नुभयो । उहाँले प्रतियोगिता सेमिफाइनल सम्म लिगकम नकाउटका आधारमा खेलाइने जानकारी दिनुभयो ।
चौथो अध्यक्ष कपको विजेताले १ लाख ६५ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने समितिले जनाएको छ ।,सेमिफाइनलबाट बाहिरिने दुबै टिमलाई नगद १५/१५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई नगद ११ हजार ,उत्कृष्ट सर्वर,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरलाई जनही नगद ५ हजार ५५५ ले समेत जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
प्रतियोगीता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने सन्चालक समितिका अध्यक्ष रोहित सिवाकोटीले बताउनु भयो ।
प्रतिक्रिया