+
Search

ताजा अपडेट +

पपुलर +

कविता ”आमा” – उदय मैनाली

कविता ”आमा” – उदय मैनाली

आमा तिमी जन्म दिने मलाई, आमा तिमी कर्म दिने मलाई । तिम्रो अंश भई जगमा समाई, संसार देखाई भाग्य लेखाइ ।। हे आमा तिम्रो महिमा अपार, साथमै भए लाग्छ आफ्नै संसार । तिम्रै नामले गर्छ सब दु:ख पार, निस्वार्थ माया र ममता अपार ।।

मुनाल न्यूज डेक्स
२०८१ बैशाख २६, बुधबार ०७:३६ गते

२६ वैशाख २०८१, बुधबार

आमा तिमी जन्म दिने मलाई, आमा तिमी कर्म दिने मलाई ।
तिम्रो अंश भई जगमा समाई, संसार देखाई भाग्य लेखाइ ।।

हे आमा तिम्रो महिमा अपार, साथमै भए लाग्छ आफ्नै संसार ।
तिम्रै नामले गर्छ सब दु:ख पार, निस्वार्थ माया र ममता अपार ।।

झिकेर मुटु आँखामा बसाउँछौ, भोकै बसेर जगलाई खुवाउँछौ ।
प्राण दिलाइ सृष्टि रचाउँछौ, सन्तान खुशीमा आफू रमाउँछौ ।।

आमा तिमी हौ धरती समान, देवतुल्य पूज्य तिमी महान ।
जिउँदा तीर्थ हुन् यिनलाई ठान, आमा सबै कि जननी हुन् जान ।।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd