+
Search

ताजा अपडेट +

पपुलर +

समुदायिक विध्यालयको नतिजा कमजोर

दर्पण
२०८१ बैशाख ६, बिहीबार ०५:५४ गते

६ बैशाख २०८१, बिहिवार
बाह्रदशी गाउँपालिका शिक्षा शाखाले कक्षा ८ काे वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार समग्रमा सरकारी विध्यालयहरूको स्थिति कमजोर देखिएको छ । स्रोत साधनको हिसाबले धेरै न्यून रहेका नीजि बिध्यालय भन्दा राज्यको ठूलो लगानी रहेको समुदायिक विध्यालयको नतिजा निराशाजनक देखिएको हो । राज्यले भौतिक पुर्वाधार, शैक्षिक सामाग्री देखि दक्ष शिक्षकका लागि ठूलो धनराशी खर्च गरेता पनि परीक्षाफल भने कम्जोर आएको हो ।

शिक्षा शाखाले दिएको नतिजा अनुसार १२ वटा नीजि विध्यालयका सतप्रतिशत विध्यार्थी पास हुदा मुस्किलले २ वटा सामुदायिक विध्यालयलेमात्र सतप्रतिशत विध्यार्थी पास गराउन सक्षम भएका छन् । यता नीजि विध्यालयलहरूमा भने ११ वटैले सतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

पञ्चमणाी मा.वि का परीक्षामा सामेल ३२ जना विध्यार्थी मध्ये १२ जाना मात्रै पास भएका छन् भने २० जना अनुर्त्तीण भएका छन् । अमृत मा. वि का ६० जाना मध्ये ३३ जाना पास हुदा २५ जाना असफल भएका छन् । यस्तै भगवती आधारभूत विध्यालयका का ६० जना मध्य ३८ जना पास हुदा २२ जना असफल भएका छन् । यस्तै रामनगर आधारभूत विध्यालयका १७ जानामा १४ उर्त्तीण, जनविकास आधारभूत विध्यालयका ४२ मध्ये २९ उर्त्तीण, पशुपति मा.वि का १०५ मा ९० उर्त्तीण, कटरडाँगी आधारभूत विध्यालयका २९ मा २६ उर्त्तीण, गाैरीशंकर मा.वि का ४८ मध्य ४५ उर्त्तीण, जनज्योति आ.वि र फुलबारी मा.वि का १७ मा १७ जानानै पास भएका छन् । यस्तै घोडामारा आधारभूत विध्यालयका २० परीक्षार्थीमा २० जानानै उर्त्तीण भएका छन् ।

अन्य ११ वटा नीजि विध्यालयहरूका सबै विध्यार्थी उर्त्तीण भएका छन् । सिङ्गो गाउँपालिका भरिमा जम्मा ७३९ परिक्षार्थी मध्येमा ६३३ जना उर्त्तीण र १०३ जना अनुर्त्तीण गरी जम्मा उर्त्तीण प्रतिशत ८६.६६ प्रतिशत रहेको छ । जसमा समुदायिक विध्यालयको उर्त्तीण प्रतिशत ७६.२ प्रतिशत मात्रै छ । नीजि विधयालयको उर्त्तीण प्रतिशत सत प्रतिशत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।