+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीमा मनाईयाे काद सिरुवा

मुनाल न्यूज डेक्स
२०८१ बैशाख २, आईतवार १४:२४ गते

२ बैशाख २०८१, आइतवार
आदिवासी कोच समुदायले मनाउने सिरुवा पर्वको दोस्रो दिन आज काद सिरुवा मनाईएको छ । नयाँ वर्षको पहिलो तिन दिन मनाईने यो पर्वमा आज दोस्रो दिन हिलो सिरुवा, घाटोसरी कार्यक्रम गरिएको हो ।

राजवंशी समाज महिला विकास समिति बाह्रदशी ६ को आयोजनामा सो कार्यक्रम हर्साैलासका साथ सम्पन्न गरिएको हो । राजवंशी समाज महिला विकास समिति बाह्रदशी ६ कि अध्यक्ष आलयदेवी राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी ६ का वडाध्यक्ष रत्नप्रकाश योङ्हाङ्ग रहनुभएको थियो ।

बाह्रदशी ६ मा रहेको घाग्रा खोलाको बगरमा सम्पन्न कार्यक्रममा उपस्थितबिच एक आपसमा रातोमाटो र पानिबाट बनाईएको हिलो एक आपसमा दलादल गरेर खुशी साटासाट गरिएको हो । यस्तै राजवंशी युवा युवतीहरुले सिरुवा पर्व विशेष गितमा नृत्य प्रस्तूग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष योङ्हाङ्गले यस्ता पहिचान झल्काउने कार्यक्रमको जगेर्ना गरेर आफ्नो मौलिकता बचाईराख्नपर्ने धारणा व्यक्त गर्दै, आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई आवस्यक सहयोग वडाले गर्दै जाने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा गंगाराम धिताल, लेखराज सुवेदी, दल बाहादुर राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बाह्दशी गाउँपालिका पूर्व उपाध्यक्ष रत्ना कुमारी राजवंशीले सहजिकरणा र सुभद्रा राजवंशीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन ईन्दिरा राजवंशीले गर्नुभएको थियो ।

पूवी तराईमा बस्तैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझी लगायतका आदिवासी कोच समुदायलै यस पर्वलाई विषेश महत्वका साथ अनाउने गर्दछन् ।
पहिलो दिन पानी, दोस्रो दिन हिलो र अन्तिम दिन रंग सिरुवा मनाउने प्रचलन रहेको बाह्दशी गाउँपालिका पूर्व उपाध्यक्ष रत्ना कुमारी राजवंशीले बताउनुभयो ।

यस्तो छ सिरूवा पर्वको सांस्कृतिक महत्त्व

सिरुवा पावनी (नयाँ वर्ष) तराईमा बस्ने आदिवासी समुदायमध्ये विशेषगरी थारु, राजवंशी, ताजपुरिया, गनगाई, माझी लगायतले मनाउने सबैभन्दा ठूलो चाड हो। यो पर्व नयाँ वर्षमा बंगला पात्रोअनुसार खास गरी तीन दिनसम्म वैशाख १, २ र ३ गते मनाउने चलन छ। पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद (हिलो) सिरुवा र अन्तिम दिन रङ सिरुवा खेल्ने चलन छ।

सिरुवा पर्वमा कुल देवता, ग्राम देवता अलावा महिला वर्गले घाट सरी पूजा गर्ने चलन छ। सिरुवा पर्वको समयमा झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँहरूमा मेला लाग्ने परम्परा छ। सिरुवा पर्वमा पानी सिरुवा, काद ९हिलो० सिरुवा, रङ सिरुवाको अलावा घाट सरी, भादाखेली जस्तै अरू पूजाहरू महत्त्वपूर्ण हुने गर्दछन्।

वैशाखको पहिलो दिन बङ्गला पात्रोअनुसार अन्तिम चैत्रमा आफूभन्दा साना केटाकेटीहरूको टाउकोमा पानी दिएर, ठूलाबडाहरूका पाउमा भक्ति भावले पानी हालेर र साथीभाइसँग एक आपसमा पानी छ्यापाछ्याप गरी वर्षभरिका लागि शरीरलाई ठन्डा, शीतलता मिलोस भनी आशीर्वाद लिने र कामना गरिन्छ ।

साथै उक्त दिन पानी खेलेर आफ्ना शरीरलाई पवित्र गरिन्छ। धामीहरू जङ्गल गएर जडीबुटी खोजी जडीबुटीका बिरुवा जगाउँछन्। मानिसहरू घरमा लसुन प्याज बाँधी झुन्डयाउँछन, मइनाको काँडा, मदारको काँडा, विर्तिको काँडा घरको पछाडि गुन्जी राख्छन ।

यो दिन महिलाहरू साँझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागी साग पकाउँछन्। यो दिनलाई महा विसुवा सङ्क्रान्ति भन्ने गरिन्छ।

सिरुवा पर्वको दोस्रो दिन काद सिरुवा हो। मानिसहरू विसुवाको राति (अन्तिम चैतको राति) पकाएको भातलाई पानी हाली पन्ता बनाएर खान्छन् । त्यसैले भनिन्छ, ‟चैतमा पकाएको वैशाखमा खाने”। यसै दिनबाट पन्ता भात खान सुरु गरिन्छ ।

यो दिनदेखि हाम्रो समाजका नारीहरू घाट सरी पूजाका रुपमा तिस्ताबुढी नदीमा गई सेलाउँछन्। किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानि (देवी) साथीहरूसँग मिली ठाकुर (देउता) लाई खोज्दै जाँदा वस्त्रविहीन हिलो माटो लेपिएको अवस्थामा भेटाउँछन र सङ्गीहरू आपसमा कानेखुसी गदै हाँस्छन् अनि ठाक्रानि (देवी) ले तिस्ताबुढीको रूप धारण गरी सङ्गीहरूलाई हिलो माटो लगाइदिन्छिन । त्यसैले यो दिनमा सबै मानिस आपसमा हिलो खेल्ने खेल्दै काद सिरुवा मनाउँछन ।

यो दिनको स्मरणमा नारीहरू नदीमा गई तिस्ताबुरि बिर्सजन गरी घाँटोसरि पूजा सकेर फर्कन्छन। अनि घाटबाट फर्कने समयमा छाताको पानी गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन्।

यो दिनमा खास गरी घरका देवीदेवताहरूको पूजा गर्ने गरिन्छ। त्यस्तै सिरुवा पावनीको अन्तिम दिन रङ सिरुवा मनाइन्छ । उक्त दिन सबै मानिस एक आपसमा रङ खेलेर पर्व मनाउने गर्छन्। विगतमा भएका रिसरागहरु सबै भुलेर खुसी र हर्षोल्लास उल्लासका साथ खुसी साटासाट गर्न यो दिनमा विभिन्न किसिमका रङ खेल्ने गरिन्छ। जीवन रङहरूले भरिएजस्तै रङीचङ्गी होस भन्ने कामनाका साथ रङ सिरुवा खेल्ने गरिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd