+
Search

ताजा अपडेट +

पपुलर +

इलाम २ को उम्मेदवार चयनमा माओवादी केन्द्रको नेतृत्व छलफलमा

मुनाल न्यूज डेक्स
२०८० चैत्र १८, आईतवार ०१:४२ गते

१८ चैत्र २०८०, आइतवार
वैशाख १५ का लागि तय भएको इलाम–२ को उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रमा चार जनाले उम्मेदवारका लागि आकांक्षी देखाएका छन् । धिरेन शर्मा (रमण), ओमबहादुर गुरुङ, उर्मिला तामाङ र अनिल बराइली उम्मेदवारको आकांक्षी हुन् ।

चार जनाले उम्मेदवार बन्ने इच्छा देखाएसँगै सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि पार्टी नेतृत्वले सक्रियता देखाएको छ । शनिबार झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा प्रदेश इञ्चार्ज हरिबोल गजुरेल (शितलकुमार) को संयोजकत्वमा इलाम तथा झापामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा नेताहरुको छलफल सम्पन्न भएको छ । छलफललले पार्टीले आफ्नै उम्मेदवार उठाउनु पर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए ।

इलामको माहोललगायत सबै कुरा बुझेर एक जना उम्मेदवारको नाममा सहमति कायम गरिने प्रदेश इञ्चार्ज गजुरेलले जानकारी दिए । माओवादी केन्द्रले संगठनलाई पुरानै अवस्थामा फर्काउन नेताहरुलाई जिम्मेवारी तोकेर कार्यक्षेत्रमा पठाएको छ । संगठन खस्किएको र यसलाई मजबुत बनाई २०६४ को अवस्थामा फर्काउन सबै नेता कार्यकर्तालाई पार्टी नेतृत्वको निर्देशन रहेको झापा संयोजक राजु आचार्य (अग्नी) ले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd